Thu. Apr 25th, 2024

उखु किसानद्वारा माइतीघरमा आन्दोलन सुरु

काठमाडौं, २०७७ मंसिर २८ गते आईतबार

सर्लाहीका उखु किसानहरुले उखु बेचेको पैसा पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन सुरु गरेका छन् ।

गएको वर्षको आन्दोलन पश्चात सरकारले गरेको सहमति पूरा नभएपछि उनीहरु फेरि आन्दोलनका लागि काठमाडौं आउन बाध्य भएका हुन् । चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुष १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागू नभएको भन्दै उनीहरुले आईतबार मध्यान्हदेखि आन्दोलनको संख फुकेका हुन् ।

आन्दोलन गरिरहेका किसानहरुले आफ्ना माग पूरा नभएसम्म माइतीघर मण्डला नछाड्ने बताएका छन् । सरकारी तथ्याङ्क अनुसार उखु मिलसंग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।

Facebook Comments