Tue. Apr 30th, 2024

नेकपा स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गर्दै सम्पन्न, अर्को बैठक पुस १ गते

काठमाडौं, २०७७ मंसिर २८ गते आईतबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार बैठकले लामाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ । बैठकले शोक प्रस्ताव पारित गर्दै दुःख व्यक्त गरेको पनि उहाँले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामाको निधनको प्रसङ्ग जोडेर प्रवक्ता श्रेष्ठलाई अनावश्यक आक्षेप नलगाउन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापका अनुसार बैठक अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुवैको अध्यक्षतामा बसेको थियो । अर्को बैठक पुस १ गते १ बजे बस्ने उहाँले जानकारी दिनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments