Sat. Jul 27th, 2024

सगरमाथाको नयाँ उचाईले कोरोना भाइरसबाट ग्रस्त विश्वमा नयाँ आशा ल्याएको छ: चिनिया विदेश मन्त्रालय

Zhao Lijian

प्रवक्ता चाओ लिच्यान

काठमाडौं, २०७७ मंसिर २४ गते बुधबार

चिनिया विदेश मन्त्रालयले सगरमाथाको नयाँ उचाईले कोरोना भाइरसबाट ग्रस्त विश्वमा नयाँ आशा ल्याएको बताएको छ ।

नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गरेको भोलिपल्ट चिनिया विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चाओ लिच्यानले सो कुरा बताउनु भएको हो ।

सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्नुको के महत्व छ भनि पत्रकारले सोधेको प्रश्नको जवाफ दिनु हुँदै विदेश मन्त्रालयका प्रवक्ता चाओले भन्नुभयो, ‘कोरोना महामारीकाबीच यो समाचारले विश्वका लागि नयाँ आशा ल्याएको छ । सगरमाथाको नयाँ उचाई चीन नेपाल सम्बन्धमा कोशेढुंगा सावित भएको छ । यसले चीन र नेपालको नयाँ उचाईलाई पनि दर्शाउँछ । नेपाली जनताले भने जस्तै नेपाल-चीन सम्बन्ध हिउँ जस्तै पवित्र र हिमालय पर्वत जस्तै विशाल छ ।’

प्रवक्ता चाओले अगाडी भन्नुभयो, ‘यस वर्ष दुई देशबीच स्थापित कुटनीतिक सम्बन्धको ६५ औं वार्षिकोत्सव मनाईएको छ । दुवै पक्षको संयुक्त प्रयासमा विआरआई सम्बन्धि सहयोगमा निरन्तर रुपमा प्रगति भैरहेको छ ।’

विश्वमा अझै पनि कोरोना भाईरस ( COVID-19) विनासको रुपमा विद्यमान छ, ‘अन्य मुलुकहरुले पनि चीन र नेपालको जस्तो सहकार्य गर्ने हो भने हामी भाइरसलाई पराजित गर्न सक्छौँ ।’  प्रवक्ता चाओले भन्नु भयो ।

Facebook Comments