Tue. Mar 18th, 2025 09:19:13

ईलामकाे सन्दकपुरमा सशस्त्र प्रहरीको बिओपी स्थापना

काठमाडौं, २०७७ मंसिर ८ गते सोमबार

ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका-५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बिओपी) जौवारी स्थापना भएको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र कृषीराज्य मन्त्री राम रानाले आज आयोजित एक समारोहका बीच उक्त बिओपीको उद्घाटन गर्नुभएको हो ।

गोरखापत्र अनलाईनका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारीनिकासी नियन्त्रण,सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ ।ईलाम जिल्लाको सदरमुकाम देखि करीव ३९ किलोमिटरको दुरीमा नेपाल भारत सीमानाका भन्दा करीव १ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ ।

सशस्त्र प्रहरी बलको एक प्लाटुन टोली आवश्यक बन्दोवस्तीका सामानसहित सो ठाउँमा खटिएको हो । नेपाल सरकारको नीति अनुरुप सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिएको हो ।

Facebook Comments