Wed. May 8th, 2024

तिहारमा १३ करोड ९५ लाख रुपैयाँको फूलको मालाको कारोबार

काठमाडौं, २०७७ मंसिर ६ गते शनिबार

यस वर्षको तिहारमा १३ करोड ९५ लाख रुपैयाँ बराबरको फूलको माला खरिद बिक्री भएको छ। अघिल्लो वर्षको तुलनामा मालाको कारोबारमा ३६ प्रतिशतले घटेपनि कोरोना महामारीकै बीचमा पनि व्यवसायीले अपेक्षा गरेभन्दा निकै राम्रो कारोबार भएको नेपाल फ्लोरी कल्चर एशोसिएसन नेपालले जानकारी दिएको नेपाल समाज अनलाइनले लेखेको छ। तिहारमा ११ करोड ७० लाख रुपैयाँ बराबरको १३ लाख थान सयपत्रीको माला बिक्री भएको एशोसिएसनको जनाएको छ।

सयपत्रीको माला औसत ९० रुपैयाँ प्रतिगोटामा बिक्री भएको थियो। यस्तै नेपाल भित्रै एक करोड ८० लाख रुपैयाँ बराबरको तीन लाख गोटा मखमलीको माला यस अवधिमा बिक्री भएको जनाइएको छ। मखमलीको मालाको प्रतिगोटा औसत मूल्य ६० रुपैयाँमा रहेको थियो।

त्यस्तै तिहारमा नेपालबाट ४५ लाख रुपैयाँ बराबरको एक लाख ५० हजार थान मखमलीको माला निर्यात भएको पनि एशोसिएसनले जनाएको छ।

यो तिहारमा सबैभन्दा धेरै मालाको कारोबार बागमती प्रदेशमा ८ करोड १० लाख रुपैयाँ बराबरको फूलको मालाको कारोबार हुँदा कर्णाली प्रदेशमा सबै भन्दा कम ४० लाख ५० हजार रुपैयाँ बराबरको माला खरिद बिक्री भएको एशोसिएसनले जनाएको छ।

Facebook Comments