Fri. May 10th, 2024

ढलेका सीमा स्तम्भ अझै उठेनन्, विवाद उत्पन्न हुनसक्ने जोखिम

कपिलवस्तु , २०७६ मंसिर गते मंगलबार

चार महिना अघि ढलेका सीमा स्तम्भको अझै पुर्ननिर्माण हुन सकेको छैन । विजयनगर गाउँपालिका अन्तर्गत नेपाल- भारत सीमा क्षेत्र भएर बग्ने चरगहवा नदीमा रहेका सीमा ५७८र१०, ५७८र७, ५७७र९ र ५७७र७ नम्बरका सहायक सीमा स्तम्भ सीमा क्षेत्रमा अहिले अलपत्र अवस्थामा छन्। ढलेका सीमा स्तम्भ पुननिर्माणको कार्य अघि नबढ्दा सीमा क्षेत्रका सर्वसाधारण दुःखी बनेका छन् । अन्नपूर्ण पोष्टका अनुसार सीमा स्तम्भ ढलेको र अलपत्र जस्तो देख्दा आफूहरुलाई नराम्रो लागेको स्थानीय बताउँछन् । सामान्य बाढीमा नै यी सीमा स्तम्भ ढलेका थिए । विजय नगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले तत्काल सीमा पुननिर्माण कार्य सुरु गर्न नापी विभाग तथा केन्द्र सरकारसँग माग गर्नुभएको थिए।


ढलेका सीमा स्तम्भहरु लामो समयसम्म पुननिर्माण नहुँदा भविष्यमा दुई देशको सीमा विवाद उत्पन्न हुनसक्ने जोखिम बढ्छ, गाउँपालिका अध्यक्ष थापाले भन्नु भयो, सीमा स्तम्भ भनेको संवेदनशील विषय हो, यसको तत्काल पुर्ननिर्माण हुनुपर्छ। खोलामा आउने पानीको बहावलाई आंकलन नगरी समान्य गहिराईमै सीमा स्तम्भ निर्माण गरिएका कारण सीमा स्तम्भ ढलेको सीमा सुरक्षा कार्यालय कपिलवस्तुले जनाएको छ । डिजाइन स्टिमेट नै फेल भएका कारण सीमा स्तम्भ ढलेको नेपाल( भारत सीमा सर्वेक्षण टोलीका एक अधिकृतले बताए ।करीब ८ महिनाअघि मात्रै यी सीमा स्तम्भहरु निर्माण भएका थिए । ढलेका सीमा स्तम्भमध्ये ५७८र१० र ५७८र७ जोर नम्बरका सीमा स्तम्भहरु नेपाल तर्फबाट निर्माण भएका हुन्।


यसैगरी ५७७र९ र ५७७र७ विजोर नम्बरका सीमा स्तम्भ भारततर्फबाट निर्माण गरिएको हो । ढलेका सीमा स्तम्भ पुन निर्माणको कार्य दुवै देशका अधिकारीहरुको समन्वय र संयुक्त टोलीबाट गर्नुपर्ने भएका कारण पुननिर्माणमा केही ढिलाई भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनु भयो । ढलेका सीमा स्तम्भको अवलोकन गरी यसको अवस्था र पुननिर्माणका लागि केन्द्रमा तत्कालै खबर गरिएको प्रदेश नं. ५ का सशस्त्र प्रहरी प्रमुख नारायण दत्त पौडेलले बताउनु भयो।


ढलेका सीमा स्तम्भको पुननिर्माणका लागि नेपाल(भारत सीमा सर्वेक्षण टोली चाँडै नै सीमा क्षेत्रमा जाने नापी विभागले जनाएको छ । सो टोलीको अनुगमन प्रतिवेदनका आधारमा पुननिर्माणको काम अघि बढ्छ बढ्ने नापी विभागको भनाई छ । ढलेका पक्की पिलर प्रतिस्थाप गरी सो स्थानमा अब दुवै देशका नापी सर्वेक्षण टोलीको सहमति अनुसार ३० फिट लामो १२ ईन्च डायमीटरको फलामे पिलर गाडिने योजना रहेको छ ।

Facebook Comments