२०८३ भाद्र १०, बुधवार

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९७ हजार २४ पुग्यो

       

काठमाडौं, २०७७ कात्तिक २४ गते सोमबार

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ९७ हजार २४ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेमबार दुई हजार पाँच सय ७१ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ७७ जनाकाे नमुना परीक्षण भएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार सात सय ९८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ५९ हजार सात सय २४ पुगेको छ ।

अब नेपालमा ३६ हजार एक सय ७४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै नाै सय ६७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय २६ पुगेको छ ।

Facebook Comments