Mon. May 6th, 2024

कलाकार मनोज गजुरेलको आईसियुमा उपचार हुँदै

काठमाडौं, २०७७ कात्तिक २१ गते शुक्रबार

हाँस्यव्यंग्य बिधामा चर्चित कलाकार मनोज गजुरेललाई कोरोना संक्रमणका कारण स्वास्थ्य अबस्थामा समस्या आएको छ ।

उहाँलाई कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएकाको थियो । कोरोना संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उहाँको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि बलम्बुस्थित सशस्त्र प्रहरीकोअस्पताल भर्ना गरिएको थियो।

चर्चित हाँस्यव्यंग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यले दिएको जानकारी अनुसार उपचारको क्रममा रहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि हाल उहाँको आईसियूमा उपचार भइरहेको छ।

आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गर्नुभएको थियो ।

उहाँलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो।

Facebook Comments