Fri. Apr 26th, 2024

पछिल्लो चौविस घण्टामा दुई हजार ७ सय ५३ सङ्क्रमित थपिए

काठमाडौं, २०७७ कात्तिक २२ गते शनिबार

पछिल्लो चौविस घण्टामा नेपालमा कोरोनाभाइरसका दुई हजार ७५३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार २०६ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ७५३ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९१ हजार ६३६ पुगेको छ । हाल ३५ हजार ४३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म एक लाख ५५ हजार ११४ जना निको भएर फर्केका छन् । वितेको चौबीस घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ ।

Facebook Comments