Fri. May 3rd, 2024

चीनको खोप सर्वप्रथम विकासोन्मुख मुलुकलाई उपलब्ध गराइनेः वाङ यी

काठमाडौं, २०७७ कात्तिक २१ गते शुक्रबार

चीनका परराष्ट्र मन्त्री वाङ यीले पेरूका विदेश मन्त्री मारियो लोपेजसँग टेलिफोन गर्दै कोरोना कोरोना महामारी पछि चीन र पेरूले एक अर्कालाई समर्थन दिएका, संयुक्त रुपमा कठिनाइको समाधान गरेका, दुई मुलुकका जनताको मित्रता देखाएका, चीन र पेरु यी दुबै मुलुक अन्तर्राष्ट्रिय एकता र सहयोगमार्फत महामारीको बिरुद्ध गर्ने नमूनामध्येको एक भएको बताउनुभयो।

पेरुका विदेश मन्त्री लोपेजले चीनलाई पेरुमा कोरोना भाइरस खोपको तीन चरणको परीक्षण गर्न समर्थन दिएको बताउँदै चीनबाट खोपको खरीद गर्ने अपेक्षा गरेको बताउनुभयो।

सीआरआईका अनुसार वाङ यीले चीनको खोपको अनुसन्धान तथा विकास पूरा भएर प्रयोगमा आएपछि विश्वको सार्वजनिक उत्पादित-वस्तुको रुपमा सर्वप्रथम विकासोन्मुख मुलुकलाई उपलब्ध गराइने कुरा व्यक्त गर्नुका साथै चीनले पेरूका उद्योग-व्यवसायलाई चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्सपोमा सहभागी हुन स्वागत गर्नुका साथै अझै धेरै चिनियाँ उद्योग-व्यवसायलाई पेरूलाई लगानी गर्न प्रोत्साहन गर्ने बताउनुभयो।

Facebook Comments