Wed. May 6th, 2026

उपराष्ट्रपति यादव स्वागत समारोहमा   

       

काठमाण्डू, २०८२ जेठ २८ गते बुधबार । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि रुसी महासङ्घका राजदूत एलेक्सी ए. नोभीकोभले आयोजना गर्नुभएको उक्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, उपसभामुख इन्दिरा राना, सांसद, प्रधानसेनापति अशोकराज सिग्देल, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, नेपाल सरकारका वरिष्ठ अधिकारी एवं सञ्चारकर्मीको उपस्थिति थियो ।

त्यस अवसरमा रुसी साङ्गीतिक टोलीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । रासस

Facebook Comments