Sat. Apr 20th, 2024

भोजपुर सदरमुकामदेखि टक्सार विमानस्थल पुग्ने सडकखण्डको कालोपत्रे सम्पन्न

काठमाडौं, २०७७ कात्तिक १८ गते मंगलबार

वर्षातका कारण लामो समय रोकिएको भोजपुर सदरमुकामदेखि टक्सार विमानस्थलसम्मको सडकखण्डको कालोपत्रे काम सम्पन्न भएको छ । ५ किलोमिटर दुरीको उक्त सडकखण्डको कालोपत्रे कामले गती पाएपछि तोकिएको समयअघि नै काम सम्पन्न भएको हो ।

प्रदेश सरकारको महत्वपूर्ण योजना भएकाले कालोपत्रेको गुणस्तरमा ध्यान दिइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । प्रदेश १ सरकारको १६ करोड ९२ लाख लगानीमा बनेको उक्त कालोपत्रेको मोटाई ४ सेन्टिमिटर छ ।

जिल्लामै पहिलो आसफल्ट प्रविधीबाट गरिएको कालोपत्रे गुणस्तरीय भएको दाबी ईन्जिनियर अमृत कुमार दाहालको दाबी छ । ‘यो जिल्लाका लागि उच्च गुणस्तरको नयाँ प्रविधिको कालोपत्रे हो, प्रदेश सरकारको महत्वपूर्ण योजना भएकाले कालोपत्रे कामलाई गुणस्तरीय बनाउन हामी लागी पर्‍यौँ’ उहाँले भन्नु भयो ।

विभिन्न समयमा कालोपत्रे कामको अनुगमन पनि गरिएको थियो । मापदण्ड अनुसारकै गुणस्तरीयता पाईएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनु भयो ।

मौसममा सुधार आएकाले पनि निर्माण कार्य तोकिएको समय अगावै सम्पन्न भएको ठेकेदार कम्पनी रायमाझी जगदम्बा मार्सेली निर्माण सेवाले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

 

Facebook Comments