Sat. May 4th, 2024

अमेरिकासँग “मानव अधिकारका गुरु” बन्ने योग्यता र अधिकार नरहेको चीनको भनाइ

काठमाडौं, २०७७ कात्तिक १८ गते मंगलबार

अमेरिकी विदेश मन्त्रालयले चीनको मानव अधिकार वेभ पेज प्रस्तुत गरी सिन्च्याङ, तिब्बत, हङकङ र धार्मिक स्वतन्त्रता क्षेत्रमा चीनले मानव अधिकारको सम्मान नगरेको आरोप लगाएको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले नोभेम्बर २ तारिख पैचिङमा अमेरिकासँग “मानव अधिकारको गुरु” घोषणा गर्ने योग्यता र अधिकार नभएको, अमेरिकी राजनीतिक भाइरस र गलत सूचना फैलाउने पक्ष बन्नु नहुने बताउनुभएको छ।

सिआरआईका अनुसार प्रवक्ता वाङले चीन सरकारले जनतालाई केन्द्रीय बनाउने मानव अधिकार अवधारणा पालना गरेको, चीनको ७० करोड जनसंख्या गरिबीबाट मुक्त भएको, चीनले विश्वको सबैभन्दा ठूलो परिमाणको शिक्षा प्रणाली, सामाजिक सुनिश्चितता प्रणाली, चिकित्सा प्रणाली, आधारभूत प्रजातन्त्र प्रणालीको स्थापना गरेको, नागरिकको वाकस्वतन्त्रता, धार्मिक विश्वासको स्वतन्त्रता र अल्पसंख्यक जाति राष्ट्रिय मामिलाको व्यवस्थापनमा सहभागी हुने अधिकार कानुनबमोजिम प्रत्याभूति गरिएको स्पष्ट पार्नुभयो। चीन सरकारले जनताको जीवनलाई सर्वोच्च स्थानमा राखेको, महामारी विरुद्ध सबैभन्दा गम्भीर र सम्पूर्ण कदम चालेको र महामारी विरुद्धको ठूलो रणनीतिक उपलब्धि हासिल गरेको पनि प्रवक्ता वाङले औँल्याउनुभयो। हाल चीन पाँचौँ पटक संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको सदस्य निर्वाचित भएको कुराबाट अन्तर्राष्ट्रिय समाजले चीनको मानव अधिकार कार्यको विकास तथा प्रगति र विश्वको मानव अधिकारको शासनमा चीनको सक्रिय संलग्नता स्वीकार गरेको कुरा प्रतिविम्वित भएको छ।

वाङले अमेरिकाले चीनको मानव अधिकार अवस्थाको बदमान गरेको, चीनले यसको गम्भीर रुपमा विरोध गरेको कुरा बताउनुभयो।

Facebook Comments