Sun. May 24th, 2026

आजको मौसम : कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव

       

काठमाण्डू, २०८२ जेठ १८ गते आईतबार । हाल देशको पश्चिम मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

आज दिउँसो कोशी, मधेस, बागमती गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने कोशी, मधेस, बागमती गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा बाँकी भागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने कोशी, मधेस, बागमती गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा बाँकी भागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको   रासस

Facebook Comments