Tue. Apr 23rd, 2024

२३ दिनपछि तातोपानी नाका पुनः सञ्चालनमा

काठमाडौं, २०७७ कात्तिक १३ गते बिहीबार

असोज २० गतेदेखि बन्द तातोपानी नाका आजबाट एकतर्फी सञ्चालनमा आएको छ । बिहीबार दिउँसो १ बजे मालवस्तु बोकेको एक चिनियाँ कन्टेनर मितेरी पुल भएर नेपाली भन्सार यार्डमा आइपुगेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताउनु भयो ।

तत्कालका लागि तातोपानी नाकाबाट नेपालतर्फ आयात हुने पनि उहाँको भनाइ छ । ‘एउटा चिनियाँ कन्टेनर नेपाल प्रवेश गरेको छ, उक्त कन्टेनरले बोक्ने सामान नेपाली दुई कन्टेनर बराबर हुन्छ,’ भन्सार प्रमुख खत्रीले भन्नु भयो ।

अनलाईन खवरका अनुसार नाका खुलेको संकेत स्वरुप आज एउटा मात्रै कन्टेनर नेपाल आउने र भोलिदेखि कम्तिमा ७ वटा चिनियाँ कन्टेनरले हरेक दिन सामान नेपाली यार्डसम्म ल्याइदिने भन्सार कार्यालयले जनाएको छ । बुधबारदेखि नै नाका खुला गर्ने सहमति भएपनि प्राविधिक कारणले कन्टेनर नेपाल आउन नसकेको उहाँले बताउनु भयो ।

नाका सञ्चालन गर्न अपनाइएको स्वास्थ्य प्रोटोकलअनुसार नेपाली पक्षले नेपाली भूभागमा तयार पारेको आइसोलेसनमा चिनियाँहरुले सामान खसाल्नेछन् । चीनबाट आएको सामान २४ देखि ४८ घण्टासम्म क्वरिन्टिनमा राखिनेछ र त्यसपछि मात्रै नेपातर्फ ढुवानी गरिने छ ।

चीनबाट आएको सामान लोड गर्न तथा नेपालतर्फ ल्याउनका लागि तीन वटा समूहमा श्रमिकहरुलाई नेपाली पक्षले पीसीआर गरेर क्वारिन्टिनमा राखेको छ ।

भन्सारमा आएको सामान लोड अनलोड तथा ढुवानीका लागि खटिने श्रमिकको पीसीआर रिपोर्ट हरेक १४ दिनमा बुझाउनुपर्ने सर्त चिनियाँ पक्षले राखेको छ । नेपालबाट चीनतर्फ कोरोना सर्न सक्ने भन्दै चीनले गत असोज २० गतेदेखि नाकाबाट हुने मालवस्तु ढुवानी रोकेको थियो । त्यस घि पनि बाढी र पहिरोका कारण झण्डै तीन महिना नाका अवरुद्ध भएको थियो ।

Facebook Comments