Sat. May 4th, 2024

संघीय सांसदहरूलाई परिमार्जित लोगो

संघीय संसदका सदस्यहरूका लागि तयार पारिएको परिमार्जित लोगो ।

काठमाडौं, २०७७ कात्तिक १३ गते बिहीबार

संघीय सांसदहरूले लगाउने लोगो परिमार्जन गरिएको छ । नेपालको नक्सामा भारतद्वारा अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि संघीय सांसदहरूले लगाउने लोगोमा नयाँ नक्सा प्रयोग गरिएको थियो ।

कान्तिपुर अनलाईनका अनुसार साउन अन्तिम साता प्रयोगमा आएको सांसदहरूको लोगो भद्दा देखिएको, लोगोमा प्रयोग भएको नक्सा र रङ नमिलेको तथा लोगोमा लेखिएका अक्षरमा भाषागत अशुद्धता रहेको भन्दै आलोचना भएपछि संघीय संसद सचिवालयले फिर्ता गरेको थियो । लोगो निर्माता घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरले पहिलेको भद्दा लोगो परिमार्जन गरेर संसद सचिवालयमा पठाएको हो ।

संघीय संसद सचिवालयका अनुसार १ सय ७० भन्दा बढी परिमार्जित लोगो घरेलुले पठाइसकेको छ । संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत केही सांसदहरूले नयाँ लोगो लगिसक्नु भएको छ ।

संघीय संसदको लोगोको डिजाइन कलाकार टेकवीर मुखियाले गर्नु भएको हो। उहाँले भद्दा लोगो सार्वजनिक भएपछि आपत्ति जनाउनु भएको थियो । निर्माता र संसद सचिवालयले हतारमा आफ्नो ‘रफ डिजाइन’लाई नै अन्तिम रूप दिएको भन्दै उहाँले असन्तुष्टि जनाउनु भएको थियो ।

Facebook Comments