Fri. Apr 19th, 2024

अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु

डोटी, २०७७ कात्तिक १२ गते बुधबार

जिल्लाको सायल गाउँपालिका-१ छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ ।

कान्तिपुर अनलाईनका अनुसार मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी पाँच वर्षीया छोरी मनिषा र तीन वर्षीया सिर्जना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घर नजिकैको रुखमा बसेको अरिंगालले टोकेर गम्भीर घाइते भएका दुवै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयबासी प्रेमबहादुर नेपालीले जानकारी दिनुभयो ।

Facebook Comments