Thu. Apr 25th, 2024

चौविस घण्टामा १ हजार ९ सय ५४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २०७७ कात्तिक १२ गते बुधबार

नेपालमा कोरोनाभाइरसका एक हजार ९५४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गोरखापत्र अनलाईनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा आठ हजार २४८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९५४ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६२ हजार ३५४ पुगेको छ । हाल ३९ ह्जार ६४३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ९८१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख २१ हजार ८२४ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।

Facebook Comments