Tue. Apr 30th, 2024

भारत र अमेरिकाले सैनिक सहयोगलाई मजबुत बनाउने

काठमाडौं, २०७७ कात्तिक १२ गते बुधबार

भारत र अमेरिकाले हिजो २७ तारिख नयाँ दिल्लीमा मन्त्री तथा रक्षा मन्त्री स्तरीय”2+2″वार्ताको आयोजना गर्दै भूगोल सम्बन्धी सूचना शेयर गर्ने “आधारभूत आदानप्रदान र सहयोग सम्झौता”मा हस्ताक्षर गर्दै आपसी सैनिक सहयोगलाई अझ मजबुत बनाएका छन्।

धेरै सैनिक प्रयोग क्षमतासहित यस सम्झौताले भारतलाई अझ सटिक भू-गोलीय डेटा प्रदान गर्ने छ जसबाट भारतको क्षेप्यास्त्र र चालकविहीन विमानको प्रहार क्षमतालाई उकासिने छ।

भारतीय सञ्चार माध्यमका अनुसार यस सम्झौताबाट भविष्यमा भारत र अमेरिकाले महत्वपूर्ण संवेदनशील सूचना शेयर गर्ने प्रतिबिम्बित भएको छ। साथै भारतले अमेरिकाबाट सबैभन्दा उन्नत हतियार खरिद गर्नसक्ने छ।

Facebook Comments