Tue. May 26th, 2026

आरोही कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

       

काठमाण्डू, २०८२ जेठ १३ गते मंगलबार । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथा आरोहण सफल गर्नुभएको छ । सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४ः०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोड्नुभएको हो ।

अघिल्लो वर्ष शेर्पाले २९ र ३० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ । यो ‘सिजन’मा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए । उनीहरुमध्ये करिब ५०० जनाले सगरमाथा आरोहण गरेको जनाइएको छ । रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read