Tue. May 26th, 2026

हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनुपर्छ : नेता कोइराला   

       

मोरङ, २०८२ जेठ १३ गते मंगलबार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकका हरेक क्षेत्रमा लेङ्गिक समानता कायम हुनुपर्ने बताउनुभएको छ ।

जिपी कोइराला लेबर फाउण्डेशन नेपालद्वारा आज विराटनगरमा आयोजित ‘लैङ्गिक समानता’ विषयक प्रशिक्षण कार्यक्रममा उहाँले राजनीतिक दलले लैङ्गिक समानतालाई व्यवहारमा उतार्न आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता कोइरालाले समान कामको समान ज्याला भनिए पनि महिला श्रमिकलाई दिने पारिश्रमिकमा भेदभाव भएकाले त्यसको अन्त्यका लागि ट्रेड युनियनले आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीको केन्द्रदेखि जिल्ला तहसम्म ट्रेड युनियनको प्रतिनिधित्वि हुनुपर्ने विगतदेखि आफूले माग गरेको चर्चा गर्दै यसबाट श्रमिकलको हकहितमा युनियनले उठाएको माग पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

नेकांका केन्द्रीय सदस्यद्वय अमृत अर्याल र रामकृष्ण भट्टराईले आर्थिक उपार्जनमा वृद्धि गरी लैङ्गिक समानता कायम गर्नुपर्ने सुझाव दिनुभयो ।

फाउण्डेशनकी अध्यक्ष सुधा दाहाल, नेकां मोरङका कार्यवाहक सभापति भत्ति माझी, ट्रेड युनियन कांग्रेसका नारायणबाबु कार्की, फाउण्डेशनका मातृका शिवाकोटीले फाउण्डेशनले विस २०६५ देखि महिला श्रमिकको हक अधिकारका क्षेत्रमा कार्य गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रम महिला श्रमिकको संरक्षण, वैदेशिक रोजगार प्रशिक्षण, शिप प्रदान र सचेतनाजस्ता कार्यक्रममा जिल्लाका १०० जनाको सहभागिता रहेको छ । रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read