Mon. Apr 29th, 2024

कोरोना भाईरसका चार हजार ४७ जना नयाँ सङ्क्रमित थपिए, कुल संक्रमित एक लाख ११ हजार दुई जना

काठमाडौं, २०७७ असोज २६ गते सोमबार

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको चार हजार ४७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै संक्रमितहरुनेहरुको कुल संख्या एक लाख ११ हजार दुई जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

नेपालमा हाल ३३ हजार ८ सय ८० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । संस्थागत आइसोलेसनमा १३ हजार ९ सय २३ होम आइसोलनसनमा १९ हजार ९ सय ५७ छन् । क्वारेन्टाइनमा चार हजार ८सय ३१ जना छन् । त्यसैगरि आइसीयूमा २ सय ७९ जना र भेन्टिलेटरमा ६७ संक्रमितको उपचार भइरहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ४ सय ७३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म ७७ हजार २ सय ७७ सङ्क्रमित निको भएर फर्केका छन् । तर निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ समाचार गोरखापत्र अनलाईनले लेखेको छ । पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।

Facebook Comments