Mon. Apr 29th, 2024

चीनले कालापानीमा नेपालको भूभाग मिचेको कुरा निराधार : दूतावास

काठमाडौं, २०७६ कार्तिक २८ गते बिहीबार ।

काठमाडौंस्थित चिनिया राजदूतावासले नेपाल र भारतबीचको कालापानी क्षेत्र सम्बन्धी विवाद मैत्रिपूर्ण छलफल र वार्ताका माध्यमबाट समाधान गरुन भन्ने चाहेको उल्लेख गरेको छ ।

गोरखापत्र अनलाईनका अनुसार चिनियाँ दूतावासद्वारा आज एक विज्ञप्ति प्रकाशित गरी चीनले नेपालको सार्वभौमिकता र भाैगाेलिक अखणडताकाे सधैं सम्मान गर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा कतिपय गैर जिम्मेवार समाचार माध्यमहरूले चीनले पनि नेपालको भूभाग मिचेको भन्ने अरोप लागाइ रहेको उल्लेख गर्दै सो कुरा आधारहीन भएको स्पष्ट पारेको छ ।

विज्ञप्तिमा नेपाल र चीनबीच सन् १९६१ मा सीमा सम्झौता भएको र सीमा पहिचान र चिन्ह लगाउने काम सम्पन्न भएको र दुई देशबीच सीमा र सुख्खा बन्दरगाहका विषयमा राम्रो सहयोग कामय रहेको बताइएको छ । केही समय पहिले चीनका राष्ट्रपति सी चीनफिनको नेपाल भ्रमणका क्रममा दुबै पक्षले सीमा व्यबस्थापन प्रणालीका बारेमा हस्ताक्षर गरेको उल्लेख गरिएको छ ।

Facebook Comments