Mon. Apr 29th, 2024

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उहाँकी पत्निलाई कोरोना भाइरस संक्रमण

- कोरोनाले अमेरिकी राष्ट्रपतिलाई पनि छाडेन

काठमाडौं, २०७७ असोज १६ गते शुक्रबार

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उहाँकी पत्नि मेलानिया ट्रम्पमा कोरोनाभाइरस सङ्क्रमण भएको छ ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताउनु भएको छ ।

विविसी नेपाली सेवाका अनुसार यस अघि उहाँले आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि क्वारन्टीनमा बसेको जानकारी दिनु भएको थियो ।

उहाँकी ३१ वर्षीया सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताउनु भएको थियो ।

साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उहाँसँगै हुनुहुन्थ्यो ।

मङ्गलवार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो।

बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा र्‍यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा उनी अझ नजिक देखिनु भएको थियो ।

बिहीवार राति ट्रम्पले ट्विटरमा लेख्नु भएको थियो :’छोटो समयको विश्राम समेत नलिइकनै निकै खटेर काम गर्ने होप हिक्सलाई भर्खर कोभिड-१९ देखिएको छ। खराब भयो’

क्वारन्टीनले दोस्रो राष्ट्रपतीय बहसको आयोजनालाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन।

दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा १५ अक्टोबरलाई तय गरिएको छ।

बिहीवार राती फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले आफू र श्रीमती ट्रम्पले ुधेरै समय होपसँग बिताउने गरेकोु बताउनु भएको थियो ।

Facebook Comments