Sun. May 24th, 2026

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत चयन   

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे मङ्गलबार सम्पन्न पार्टीको आठौँ महाधिवेशनबाट पार्टी अध्यक्षमा पुनः सर्वसम्मत चयन भएपछि सञ्चारकर्मीलाई नयाँ कार्यसमिति र महाधिवेशनबारे जानकारी दिँनुहुँदै । तस्बिरः रमेश गिरी/रासस

       

भादगाउँ, २०८१ फागुन २० गते मंगलबार । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन हुनुभएको छ । नेमकिपाको आज सम्पन्न आठौँं महाधिवेशनको अन्तिम आज बिजुक्छेंलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपाको आठौंँ महाधिवेशन गत फागुन १६ गते सुरू भएको हो ।
वि.सं. २०३१ माघ १० गते विधिवत् स्थापना भएको नेमकिपाको स्थापनाकालदेखि बिजेक्छें सर्वसम्मत अध्यक्ष रहँदै आउनुभएको छ । उमेर ८५ वर्ष पुग्नुभएका बिजुक्छेंले २०७४ को आम निर्वाचनमा संसदीय राजनीतिबाट विश्राम लिनुभएको थियो । उहाँले जित्दै आउनुभएको भक्तपुर क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा नेमकिपाले २०७४ मा पार्टी सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएको थियो ।

राससका अनुसार  महाधिवेशनले नेमकिपाको सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापति सर्वसम्मत चयन गरेको छ । यसैगरी केन्द्रीय सदस्यमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाइँ, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य र सुरेन्द्रराज गोसाइँ सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डङ्गोल, सिर्जना सायजू, सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छें, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की र खड्गराज शाही पनि केन्द्रीय सदस्य चयन हुनुभएको छ ।

महाधिवेशनले मन्जु चौधरी, विनोद विक, तुल्सी खड्का र प्रकाश गुरूङलाई वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको छ ।

Facebook Comments