Sun. Apr 28th, 2024

शनचन आर्थिक विशेष क्षेत्रको चालिसौं वार्षिकोत्सव

काठमाडौं, २०७७ भदौं १० गते बुधबार

यही अगष्ट २६ तारिख शनचन आर्थिक विशेष क्षेत्रको चालिसौं वार्षिकोत्सव हो। यस वार्षिकोत्सको मनाउने समारोहमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले जोड दिनुभएअनुसार चिनियाँहरुका लागि सुखमय जीवन सिर्जना गर्दै जन गणतन्त्र चीनको पुनरुत्थानका लागि प्रयास गर्नु नै चिनियाँ कम्युनिष्ट पार्टीको प्राथमिक विचार र कार्यभार हो। यो सुधार तथा खुलापनको प्रारम्भिक विचार र कार्यभार पनि हो।

चीनको पहिलो आर्थिक विशेष क्षेत्र शनचन सुधार तथा खुलापनको अग्रगामी शहर बनेको छ। सपना पूरा गर्नका लागि यस शहरमा आएका धेरै जनताले “शनचनको आश्चर्यजनक गति”को महसुस गर्दै यस शहरको आधुनिकिकरण व्यवस्थापनबाट ल्याइएको न्यानो भावनाको अनुभव गरेका छन्।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार चीनको सबैभन्दा युवा शक्ति तथा सबैभन्दा धेरै नवीन शक्ति रहेको शहरको रुपमा शनचनले सधै विभिन्न क्षेत्रबाट आएका स्वरोजगार व्यक्तिलाई आकर्षित गर्दछ। सम्बन्धित तथ्याङ्कअनुसार वर्तमान शनचनमा ‌‌औसत चार मान्छेमा एक स्वरोजगार व्यक्ति छन्। शनचन सरकारले सक्दो प्रयासमा आफ्नो सपना खोज्नेहरूका लागि समर्थन दिन्छ। उदाहरणका लगि शनचनले चीनको पहिलो युवा स्टेशनको स्थापना गरेको छ। यो युवा योग्य व्यक्तिलाई आकर्षित गरेको एक मिलिजुली सेवायुक्त चौतारो हो। स्वरोजगार व्यक्तिलाई सात दिने निःशुल्क आवास प्रदान गर्दै यस चौतारोले विविध तरिकाको रोजगार निर्देशनमार्फत स्नातकका लागि रोजगार सम्बन्धी सहयोग दिन्छ। हाल शनचनमा १५ वटा युवा स्टेशनको स्थापना भएका छन्।

शनचनको बाहिरी जनसंख्या आकर्षित शक्ति सधै चीनको पहिलो स्थान लिन्छ। खुकुलो आवास नीति,सबभन्दा भाडा मापदण्ड,रोजगारको प्रारम्भिक अवधि सम्बन्धी विभिन्न आपूर्ति आदि जसबाट वर्तमान शनचनको द्रृत गति विकास सिर्जना गरिएको देखिन्छ। पहिलेको मत्स्य गाउँबाट वर्तमान दुई करोड भन्दा बढी जनसंख्या रहेको ठूलो शहरसम्म शनचनले केवल चालिस वर्षीय समय प्रयोग गरेको छ। यस शहरले विश्वमा शहरीकरण र औद्योगीकरण चमत्कार सिर्जना गर्दछ। शनचनमा रोजगार सम्बन्धी अवसर बढी छ। प्रयास गर्नेमा उपलब्धि पाइने छ। वर्तमान युगमा हरेक जनतासँग आफ्नो उपलब्धि रहेको भन्ने लक्ष्य चिनियाँ सुधारकर्ताको सपना हो। चिनियाँ राष्ट्राध्यक्ष सीका अनुसार जनताले अर्थतन्त्र,रणतीति,संस्कृति,समाज,पर्यावरण आदि विभिन्न क्षेत्रको विकास उपलब्धिको उपभोग्य गर्नु नै चिनियाँ कम्युनिष्ट पार्टीको मुख्य कार्यभार हो।

Facebook Comments