Sat. Apr 27th, 2024

“शनचन चमत्कार” पछाडिको रहस्य

काठमाडौं, २०७७ भदौं १० गते बुधबार

आज अगस्त २६ तारिखमा, शनचन विशेष आर्थिक क्षेत्र स्थापना भएको ४०औं वार्षिकोत्सव मनायो। विगत ४० बर्षमा, शनचन एउटा गरिब कृषि काउन्टीबाट एक जीवन्त, अन्तर्राष्ट्रिय र सिर्जना शहरको रूपमा विकसित भएको छ। कुल क्षेत्रीय उत्पादन २० करोड चिनियाँ युआनबाट झन्डै २७ खर्ब चिनियाँ युआनमा पुगेको छ। बेलायती पत्रिका”इकोनोमिक्स”ले विश्वमा ४ हजार भन्दा बढी विशेष आर्थिक क्षेत्रहरु छन् जसमा नम्बर एक सफलताको मोडेल “शनचन चमत्कार” रहेको भन्दै टिप्पणी गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनपछि चीनका शीर्ष नेता सी चिन फिङको निरीक्षण भ्रमणको पहिलो स्थान शनचन थियो। सन् २०१८ को अक्टोबरमा, सीले शनचन पुग्नुभयो। सो अवसरमा उहाँले चीनको सुधारहरू नरोकिने र खुला हुँदै जाने घोषणा पनि गर्नुभयो

चीनको सुधार र खुलाको “झ्याल” को रूपमा, शनचनले आश्चर्यजनक विकास र चमत्कारहरू सिर्जना किन गर्‍यो? यो अन्तर्राष्ट्रिय समुदायको सामान्य ध्यानको विषय हो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार सन् १९७८ को डिसेम्बर १८ तारिखमा चीनले सुधार र खुलापनको प्रक्रिया शुरू गर्‍यो। सन् १९८० को अगष्ट २६ तारिखमा शनचन विशेष आर्थिक क्षेत्र स्थापना भएको थियो। विगत ४० बर्षमा शनचन विशेष आर्थिक क्षेत्रले आर्थिक प्रणाली सुधार गर्न नेतृत्व लिई समाजवादी बजार आर्थिक प्रणालीको आधारभूत ढाँचाको स्थापना गर्‍यो। प्राविधिक नवीनता सँधै शनचनको विकासको लागि प्रमुख ड्राईभ फोर्स रहेको छ। १० बर्षदेखि, शनचनले बजार उन्मुख, वैधानिक र अन्तर्राष्ट्रिय व्यापार वातावरण निर्माण गर्न कडा परिश्रम गरिरहेको छ।

वर्तमानमा, शनचनलाई चिनियाँ विशेषताहरु सहितको समाजवादको पायलट प्रदर्शन क्षेत्र निर्माण गर्ने प्रयास गर्न एक नयाँ ऐतिहासिक लक्ष्य दिइएको छ। यस सुधारको प्रवर्धन गर्ने र उच्च सुरू हुने बिन्दु, उच्च तह र उच्च लक्ष्यहरुमा खोल्ने सम्बन्धमा पनि चीनको ठोस अभ्यास हो।

Facebook Comments