Mon. Dec 23rd, 2024

‘झापा विद्रोहका एउटा नायक : शिवप्रसाद शिवाकोटी’

काठमाडौं, २०७७ भदौं १० गते बुधबार

शिव दाइकै कार्यकर्ता भएर म हिँडेथेँ । म आठ कक्षा पढिञ्जेलसम्म मेरा हातमा लट्ठी र रेडबुक अनि कम्मरमा खुकुरी हुन्थ्यो ।

नरेन्द्रराज प्रसाई

जब झापामा विद्रोह मच्चिने खेल सुरू भयो अनि शोषक, सामान्ति र भ्रष्टहरूको भौतिकचोला समाप्त पार्ने मन्त्रक‍ो पनि आविष्कार भयो । त्यसपछि हठात् झापा छोडेर म काठमाडौँको पद्मोदय हाईस्कुलमा नौ कक्षामा भर्ना भएँ ।

यदि काठमाडौँ आउन मैले ६ महिना ढिलो गरेको भए या त म रामनाथ दाहालहरू झैँ शहिद हुन्थेँ या त मेरा सहयात्री खड्ग दाहाल (Khadga Dahal) जस्तै चार वर्ष जेलमा बस्ता मेरा दुवै घुँडाको पाङ्ग्रा पुलिसको कुटाइले खुस्केर नलिखुट्टामा आँउथे ।

झापा क्रान्ति या विद्रोहका नाउँमा यदि जेल नै मात्र बसेको भए पनि शायद म मन्त्री या प्रधानमन्त्री पनि हुन सक्थेँ । तर ईश्वरीय अनुकम्पाका कारण मैले इतिहासको यस कालखण्डको घृणित पात्र बन्नु परेन ।

वास्तवमा नेपालमा न रामनाथ दाइ र शिव दाइको सोचको बहुदलीयता आयो न त गणतान्त्रिक व्यवस्था नै ठीक तरिकाले परिचालित भयो ।

रामनाथ दाइ र शिव दाइले आफूहरूलाई माटोमा समर्पित गरेको चाहिँ राजनीति गर्नेहरूको आार्थिक अवस्था चुलीमै पुर्याउन नै थियो त ? या उनीहरूका आफन्त, कुलकुटुम्ब र ससुरालीको उद्धार गर्नका साथै चाकरीदारहरूलाई विर्ता दिनका लागि नै मात्र रामनाथ दाइ र शिव दाइले बलिदान हुनु परेको थियो ?
~
नेपालको कम्युनिष्ट आन्दोलनका प्रथम पिएच्डी प्राध्यापक Drsurendra KCलाई मेरो एउटा प्रश्न छ-
शिव दाइलाई मोहनचन्द्र अधिकारीले ‘झापा विद्रोहका कमाण्डर’ भने र चन्द्रप्रकाश मैनालीले ‘झापा विद्रोहका जगढुङ्गा’ भने । तर शिव दाइको सपनालाईचाहिँ कहिलेसम्म अड्काएर राख्ने हो ?

नरेन्द्रराज प्रसाई बरिष्ठ लेखक तथा नई प्रकाशनका सदस्य सचिव हुनुहुन्छ ।

Facebook Comments