Mon. Apr 29th, 2024

झोराहाटमा धन लक्ष्मी यशोदा वाङ्मय पुरस्कारको घोषणा

विराटनगर, २०७७ असार २७ गते शनिबार

मोरङ जिल्लाको झोराहाटमा धन लक्ष्मी यशोदा वाङ्मय पुरस्कारको घोषणा गरिएको छ ।

स्थानीय यशोदा खतिवडाको वार्षिक पुण्य तिथीको अवसरमा साहित्यिक व्यक्तित्व समेतको उपस्थिति मा सो पुरस्कारको घोषणा गरिएको छ । स्थानीय विदुर खतिवडाका अनुसार हाललाई  उहाँका हजुरबुबा धनपति खतिवडा हजुरआमाहरु लक्ष्मी र यशोदा खतिवडा को नाममा ५ लाखको एक अक्षय कोष को स्थापना गरी बर्सेनि साहित्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याउनुहुने श्रष्टालाई पुरस्कार तथा सम्मान गरिने योजना रहेको छ ।

जिल्लाबासी श्रष्टाहरुले पुर्खाहरुको नाममा स्थापना गर्न लागिएको पुरस्कारको घोषणालाई महत्वपूर्ण कदम भनि प्रसंसा गरेका छन् ।

Facebook Comments