Wed. Apr 22nd, 2026

हङकङ समस्याको कारण चिनियाँ पदाधिकारीमा भिसा प्रतिबन्ध लागू गरेकोमा अमेरिकाका लागि चिनियाँ राजदूतावासको कडा विरोध

       

काठमाडौं, २०७७ असार १३ गते शनिबार

अमेरिकाका लागि चिनियाँ राजदूतावासका प्रवक्ताले हिजो २६ तारिख वक्तव्य सार्वजनिक गर्दै अमेरिकाले हङकङ समस्याको कारण चिनियाँ पदाधिकारीमा भिसा प्रतिबन्ध लागू गरेकोमा कडा विरोध गर्दै चीनले द्दढताका साथ राष्ट्रिय सावभौमिकता,सुरक्षा र विकास हितको संरक्षण गर्दै जाने जनाएका छन्।

वक्तव्य अनुसार हङकङ चीनको भूभाग हो। हङकङ मामिला स‍म्पूर्ण रुपमा चीनको आन्तरिक मामिला हो भने कुनै पनि विदेशी शक्तिले यसमा हस्तक्षेप गर्नुहुँदैन। राष्ट्रिय सुरक्षा कानुन चीनको केन्द्रीय सरकारको अधिकार र जिम्मेवारी मात्र नभई अन्तर्राष्ट्रिय अभ्यास पनि हो। उक्त कानुन अनुरूप राष्ट्रिय सुरक्षामा गम्भीर रुपमा जोखिम पार्ने धेरै थोरै गतिविधि र कार्यक्रमहरूलाई लक्षित गरी बनाइएको हो। यस कानुनले हङकङको कानुनी प्रणालीलाई अझ पूर्णता दिलाउँदै हङकङको दीर्घकालीन समृद्धि र स्थिरताको संरक्षण गर्ने छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार अमेरिकाले तुरुन्तै आफ्नो कर्तुत सच्याउँदै चीनको आन्तरिक मामिलामाथिको हस्तक्षेप रोक्न ताकिता गरेको छ। चीनले निरन्तर रुपमा बलियो कदमले आफ्नो राष्ट्रिय सार्वभौमिकता,सुरक्षा र विकास हितको संरक्षण गर्दै जानेछ।

Facebook Comments