Thu. Apr 25th, 2024

पैतौ ३ ग्लोबल उपग्रह नेभिगेसन प्रणालीद्वारा चीन र पाकिस्तानबीचको सहयोगलाई अझ व्यापक रुपमा प्रवर्द्धन गर्ने पाकिस्तानी अन्तरिक्ष विशेषज्ञको भनाई

काठमाडौं, २०७७ असार १३ गते शनिबार

पैतौ ३ ग्लोबल उपग्रह नेभिगेसन प्रणाली तैनाथ गर्ने काम पूर्व योजनाभन्दा आधा वर्ष अगावै पूरा भएकोमा पाकिस्तानको अन्तरिक्ष क्षेत्रका विशेषज्ञहरुले हार्दिककतासाथ ध्यानाकर्षण भएको जनाएका छन्।

पाकिस्तानको अन्तरिक्ष प्रविधि अनुसन्धान व्युरोको अन्तरिक्ष विभागका उप प्राध्यापक एवम् ग्लोबल नेभिगेसन उपग्रह प्रणाली योजनाका जिम्मेवार व्यक्ति नाजाम अब्बासका अनुसार पैतौ ग्लोबल उपग्रह नेभिगेसन प्रणालीको सफल बन्दोबस्तले वर्तमान ग्लोबल उपग्रह नेभिगेसन सिस्टमको एकल शैलीलाई परिवर्तन गरेको मात्र नभई पाकिस्तानद्वारा अमेरिकाको ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस)मा निर्भर भएको अवस्थामा सुधार ल्याएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार पैतौ प्रणालीले पाकिस्तानमा वातावरण,कृषि,मौसम,शहरी योजना लगायत लगभग सबै क्षेत्रमा गर्ने निकै व्यापक प्रयोग सिर्जना गर्नेछ। पैतौ प्रणालीको बन्दोबस्तीले पाकिस्तान र चीनबीचको सम्बद्ध क्षेत्रको सहयोगका लागि अझ व्यापक चौतारो सिर्जना गर्ने छ। पाकिस्तानले पैतौको सेवाको प्रयोग मात्र नभई पैतौको प्रविधिको शेयर गर्नसक्छ। जसले पाकिस्तानले रोजगार र आर्थिक विकासलाई प्रवर्द्धन गर्नका लागि हित ल्याउने छ।

Facebook Comments