Mon. Feb 16th, 2026

सतहत्तरै जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या १२ हजार नाघ्यो

       

काठमाडौं, २०७७ असार १३ गते शनिबार

नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरअघि दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उल्लिखित संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।  जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या १२ हजार ३०९ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालका ७७ वटै जिल्लामा संक्रमित भेटिएका छन् । रसुवामा पनि पहिलोपटक ८ महिला र एक पुरुष संक्रमित भेटिएपछि देशका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको पुष्टि भएको हो ।

नागरिक न्यून अनलाईनका अनुसार शनिबार कोरोना संक्रमणले  कैलालीका ५० वर्षीय पुरूषको मृत्यु भएको उनले बताए। असार ११ मा ती पुरूषमा कोरोना पोजेटिभ देखिएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read