Sun. Oct 27th, 2024

वरिष्ठ महिला चिकित्सकलाई सम्मान   

काठमाण्डू, २०८१ भदौ २८ गते शुक्रबार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकलाई सम्मान गर्नुभएको छ ।

नेपाल चिकित्सक सङ्घद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेमा वुमेन इन मेडिसिन इन नेपाल अवार्डअन्न्तर्गत डा रीता गुरूङ, डा. शान्तकुमारी सापकोटा, डा हीरा तुलाधर, डा. गीता सायमी र डा. कल्पना सुवेदी उपाध्याय हुनुहुन्छ । वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डअन्तर्गत डा सुनिता आचार्य, डा. सुधा खकुरेल, डा विमला लाखे, डा. मालती त्रिपाठी र डा. अम्बिका श्रेष्ठ हुनुहुन्छ । उहाँहरूलाई राष्ट्रपति पौडेलले दोसल्ला एवं सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो ।

सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीको सभापतित्वमा सो कार्यक्रम भएको थियो । रासस

Facebook Comments