Sun. Oct 27th, 2024

विषयगत समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ   

कोशी प्रदेशसभाका विषयगत समितिका सभापतिहरु क्रमशः न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाईं, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापाले शुक्रवार प्रदेशसभा भवनको परिसर विराटनगरमा सामूहिक रुपमा पद तथा गोपनीयताको शपथ लिनुहुँदै । तस्बिरः मनोज दाहाल/रासस

विराटनगर, २०८१ भदौ २८ गते शुक्रबार । कोशी प्रदेशसभा, विषयगत समितिका सभापतिहरूले आज सामूहिक पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) को नियम १३४ बमोजिम पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको हो ।

यहाँ न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाँई, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोेत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

त्यस अवसरमा सभामुख विष्टले विषयगत समितिका सभापति निर्विरोध निर्वाचन हुनुले दलका बीचको एकता, सहकार्य एवं सहमतिको असल संस्कारलाई देखाएको बताउनुभयो । उहाँले लामो समयपछि ‘मिनि संसद्’ का रूपमा रहेका विषयगत समितिले आफ्ना कामकारबाही उचित र प्रभावकारी ढङ्गले सम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

Facebook Comments