Fri. Sep 20th, 2024

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडौं, २०७७ असार ४ गते बिहीबार

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा बिहीबार पारित भएको छ । संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा भएको दफावार छलफल सकिएपछि मत विभाजनको आधारमा संविधान संशोधन विधेयक पारित भएको हो ।

गोरखापत्र अनलाईनका अनुसार राष्ट्रिय सभामा तत्काल कायम रहको कुल सांसद सङ्ख्यामध्ये प्रस्तावको पक्षमा (हुन्छ भन्ने) ५७ मत प्रस्तावको विपक्षमा अर्थात् (हुन्न भन्ने) मा शून्य मत र मत दिन्न भन्ने पक्षमा शून्य मत परेकाले राष्ट्रिय सभाबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रिय सभाबाट पनि सर्वसम्मत रुपमा पारित भएको राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाल घोषणा गर्नुभयो ।

Facebook Comments