Fri. Sep 20th, 2024

राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरणसँगै नेपालको नयाँ नक्सालाई संवैधानिक मान्यता

काठमाडौं, २०७७ असार ४ गते बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

 राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम उहाँले प्रमाणीकरण गर्नुभएको हाे । गोरखापत्र अनलाईनका अनुसार  याे सँगै नेपालको नयाँ नक्साले संवैधानिक मान्यता पाएकाे छ ।

Facebook Comments