Fri. Sep 20th, 2024

प्रधानमन्त्रीको गृह नगर दमकमा सरकार बिरुद्ध युवाहरुको प्रदर्शन

दमक, झापा, २०७७ जेठ ३१ गते शनिबार

कोरोना महामारी नियन्त्रणको क्रममा भ्रष्टचार गर्नेलाई कारबाही गर्नुपर्ने र पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने लगायतका माग गदैं आज प्रधानमन्त्रीको गृहनगर दमकमा युवाहरुले प्रदर्शन गरेका छन् ।

स्वतस्फुर्त रुपमा निस्किएका युवाहरुले सरकारी गलत कदम विरुद्ध प्लेकार्ड लिएर बिहान १० बजेदेखी ११ बजेसम्म एक घण्टा दमक चौकमा मौन रुपमा बिरोध प्रदर्शन गरेका हुन् । नागरिकलाई कोरोनाबाट जोगाउन सरकारले सहि कार्ययोजना ल्याउन नसकेको भन्दै बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरु दमकको मुख्य चौकस्थित पुर्व पश्चिम राजमार्गको दुवै तर्पm मौन रुपमा उभिएर प्रदर्शन गर्दै सांकेतिक रुपमा सरकारको बिरोध गरेका हुन् ।

लगातार दुई महिनाभन्दा बढि समय लकडाउन गर्दा पनि कोरोना रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै युवाहरु सडकमा आएका हुन् । कुनै राजनीतिक दलको ब्यानरविना राष्ट्रिय झण्डा बोकेका युवाहरुले सरकारको कमजोर नीति र तयारीप्रति आक्रोश पोखेका थिए ।

क्वारेन्टाइनका नाममा नागरिकलाई अमानवीय रूपमा राखिएको र उनीहरूको पिसिआर परीक्षण नगरिएकोमा बिरोध प्रदर्शन गरिएको सहभागी युवाले बताएका छन् ।

त्यस्तै स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै खर्चको हिसाब पनि सरकारले सार्वजनिक गर्नु पर्ने उनीहरुले बताएका छन् । सप्तरंगी एफएम दमकबाट

Facebook Comments