Fri. Sep 20th, 2024

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको १३औँ राष्ट्रिय समितिको तेस्रो अधिवेशन सम्पन्न

काठमाडौं, २०७७ जेठ १४ गते बुधबार

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको १३औँ राष्ट्रिय समितिको तेस्रो अधिवेशनका विभिन्न कार्यसूचि समाप्त भएपछि बुधबार दिउँसो चीनको राजधानी पैचिङमा सम्पन्न भएको छ।

समापन समारोहमा सी चिनफिङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी र देशका अन्य नेताहरू सहभागी हुनुभएको थियो ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  उक्त अधिवेशनमा स्थायी समितिको कार्य-प्रतिवेदनको निर्णय-प्रस्ताव, राय-सुझावको लेखाजोखा अवस्थाको प्रतिवेदन र अधिवेशनको राजनीतिक निर्णय-प्रस्ताव पारित गरिएको छ।

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ याङले समापन समारोहलाई सम्बोधन गर्नुहुँदै चीन राष्ट्रको महान पुनरुत्थान हुने प्रक्रियामा निकै विशेषतायुक्त यो वर्ष हो भन्दै जन राजनीतिक परामर्शदात्री सम्मेलनले यस वर्षको कार्यभार बमोजिम आफ्नो कार्यकुशलतालाई बढाउनुका साथै चिनियाँ विशेषतायुक्त प्रजातन्त्रका लागि भूमिका निर्वाह गर्दै जाने र योगदान गर्दै जाने कुरा बताउनुभएको छ।

Facebook Comments