Tue. Apr 21st, 2026

एकै दिनमा थप ११४ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ८८६ पुग्यो

       

काठमाडौं, २०७७ जेठ १४ गते बुधबार

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गोरखापत्र अनलाईनका अनुसार नेपालमा सङ्क्रमित सङ्ख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार रौतहटमा ३५, झापामा १७, सुर्खेतमा १५, , दाङमा १५, सप्तरीमा ११, बारामा ८ बागलुङमा ६, रुकुम पूर्वमा ३, सिरहामा २ र मकवानपुरमा १ जनामा स्ंक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, थप २८ जना डिस्चार्ज हुनुभएको हो । डेढ वर्षदेखि ६२ जना उमेर समूहका रहेका छन् । योसँगै निको भएर डिस्चार्ज हुने १८३ पुगेको छ । अहिलेसम्म ६९९ जनाकाे विभिन्न अस्पतालकाे आइसोलेसनमा रहेर उपचार भइरहेकाे छ ।  कुल ४६४ जना रेड जोनमा रहेका छन् भने मृतक सङ्ख्या चार पुगेकाे छ ।

Facebook Comments