Sat. Nov 23rd, 2024

कोरोना भाइरस संक्रमणका कारण विश्वभरी मृत्यु हुनेहरुको संख्या ३ लाख ४७ हजार ८ सय ७३ पुग्यो, ५५ लाख ८८ हजार ३ सय ५६ जना संक्रमित, २३ लाख ६५ हजार ७ सय १९ जना उपचारपछि निको भए

काठमाडौं, २०७७ जेठ १३ गते मंगलबार

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण हालसम्म मृत्यु हुनेहरुको संख्या ३ लाख ४७ हजार ८ सय ७३ पुगेको छ । सो भाइरसबाट ५५ लाख ८८ हजार ३ सय ५६ जना संक्रमित भएका छन् भने २३ लाख ६५ हजार ७ सय १९ जना उपचारपछि निको भएका छन् ।

World Meter का अनुसार अमेरिकामा भाइरस संक्रमणको कारण हालसम्म ९९ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । त्यहाँ १७ लाख ६ हजार २ सय २६ जना संक्रमित भएका छन् भने ४ लाख ६४ हजार ६ सय ७० जना उपचारपछि निको भएका छन् ।

भारतमा कोभिड-१९ संक्रमितको संख्या १ लाख ४४ हजार ९ सय ५० पुगेको छ । भने त्यहाँ ४ हजार १ सय ७२ जनाको मृत्यु भएको छ । यसैगरि उपचारपछि ६० हजार ७ सय ६ जना निको भएका छन् ।

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरस संक्रमितहरुको संख्या ३ लाख ७६ हजार ६ सय ६९ जना पुगेको छ । त्यहाँ सो भाइरसको कारण २३ हजार ५ सय २२ जनाको मृत्यु भएको छ भने १ लाख ५३ हजार ८ सय ३३ जना उपचारपछि निको भएका छन् ।

अमेरिका र ब्राजिल बाहेक कोरोनाबाट उच्च प्रभावित अन्य पाँच देशको आँकडा

रुस
संक्रमित-३,५३,४२७
मृत्यु-३,६३३
निको भएका-  १,१८,७८८

बेलायत
संक्रमित- २,६१,१८४
मृत्यु- ३६,९१४

स्पेन
संक्रमित- २,८२, ४८०
मृत्यु- २६,८३७
निको भएका- १,९६,९५८

इटाली
संक्रमित- २,३०,१५८
मृत्यु- ३२,८७७
निको भएका- १,४१, ९८१

फ्रान्स
संक्रमित- १,८२,९४२
मृत्यु- २८,४३२

निको भएका- ६५,१९९

 

Facebook Comments