Thu. Sep 19th, 2024

कोरोना सङ्क्रमितको सङ्ख्या २४३ पुग्यो

काठमाडौं, २०७७ बैशाक ३१ गते बुधबार

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २ सय ४३ पुगेकाे छ ।

पछिल्लाे विवरण अनुसार थप २४ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे सङ्ख्या दुई सय ४३ पुगेकाे हाे ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितहरूमा रुपन्देहीका दुई जना २२, २५, २८, ३०, दुई जना ३२, ३३ र ४१ वर्षीय पुरुष तथा ४, १० र २८ वर्षीया महिला रहेका छन् ।

त्यस्तै कपिलवस्तुका २२, २९, ३२, तीन जना ४०, दुई जना ४२ वर्षीय पुरुष रहेका छन् । पर्साका ३६ र ७४ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला रहेका छन् । नवलपरासीका ३६ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

अहिलेसम्म सङ्क्रमण देखिएकामध्ये ३५ जना उपचारपछि निकाे भएकाे पनि मन्त्रालयले जनाएकाे छ । उज्यालो अनलाईनबाट

Facebook Comments