Tue. Dec 24th, 2024

वैदेशिक रोजगारीमा ज्यान गुमाएका दीपकको परिवारलाई आर्थिक सहयोग   

b'jfO{df Hofg u'dfPsfsf] kl/jf/nfO{ ;xof]u vf]6fª, @! h]7 M j}b]lzs /f]huf/Lsf] l;nl;nfdf b'jfO{df Hofg u'dfPsf xn];L t'jfr'ª gu/kflnsf–* lwt'ªsf #) jifL{o bLks a'9fyf]sLsf] kl/jf/nfO{ cfly{s ;xof]u /sd x:tfGt/0f ug'{x'Fb} k|ltlglw;ef ;b:o Pjd sf]zL k|b]zsf k"j{ phf{, hn;|f]t tyf vfg]kfgLdGqL /fds'df/ /fO{ …kf;fªÚ . lwt'ªsf :yfgLo afl;Gbf Pjd g]kfn ;/sf/sf gfoa ;'Aaf kbdf sfo{/t u0f]zaxfb'/ sfsL{sf] ;+of]hgdf b]z÷ljb]zdf /x]sf g]kfnLx?af6 ;ªslnt ? ;ft nfv %) xhf/ /sd ;f]daf/ kl/jf/nfO{ pknAw u/fOPsf] xf] . t:jL/ M s]bf/ du/÷/f;;

खोटाङ, २०८१ जेठ २३ गते बुधबार । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई रु सात लाख ५० हजार सहयोग उपलब्ध गराइएको छ । उनको वि.सं. २०८० चैत ७ गते दुबईमा सडक दुर्घटनामा निधन भएको थियो ।

मृतकका दुई छोरा नौ वर्षीय दिशन र छ महिनाका इशान बुढाथोकीको पठनपाठनका लागि उनीहरूको नाममा छुट्टाछुट्टै बैंक खाता खोलेर जम्मा गर्नेगरी रु तीन-तीन लाख तथा घरखर्चका लागि बुबा जीतबहादुर, आमा रत्नकुमारी र श्रीमती सरस्वती बुढाथोकीलाई नगद रु ५०-५० हजार उपलब्ध गराइएको जनाइएको छ । धितुङका स्थानीय बासिन्दा एवं नायबसुब्बा पदमा कार्यरत गणेशबहादुर कार्कीको संयोजनमा देश-विदेशमा रहेका नेपालीबाट सङ्कलित रकम सोमबार सांसद रामकुमार राई ‘पासाङ’ले मृतकका परिवारलाई हस्तान्तरण गर्नुभएको हो । रासस

Facebook Comments