Fri. Sep 20th, 2024

नेदरल्यान्डसविरुद्ध नेपालको पारी १०६ रनमै समेटियो   

- विश्वकप क्रिकेट

काठमाण्डू, २०८१ जेठ २३ गते बुधबार । आइसिसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्यान्डससामु जितका लागि एक सय सात रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको हो । नेपालले १९ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर एक सय ६ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका प्रहार गरे।

यस्तै करन केसीले १२ बलमा १७ रन जोडे । गुल्सन झाले १४ तथा अनिल साहले ११ रन बनाए ।

बलिङतर्फ नेदरल्यान्ड्सका टिम प्रिङगनल र लगन भान वीकले तीन तीन तथा डी लिड र मकेरेनले दुई दुई विकेट लिए। अहिले नेदरल्यान्ड्सले जवाफी ब्याटिङ गरिरहेको छ । रासस

Facebook Comments