Fri. Sep 20th, 2024

अमेरिकाका एक मेयरद्वारा गत नोभेम्बरमा आफूलाई कोभिड-१९ संक्रमण भएको खुलासा

- कोरोना सम्बन्धि लुुकेका रहस्यहरु सार्वजनिक हुँदै

काठमाडौं, २०७७ बैशाक २४ गते बुधबार

अमेरिकी मिडियाका अनुसार अमेरिकी न्यू जर्सी राज्यको बेलभिल्ले शहरका मेयर माइकल मेलनले सन् २०१९ को नोभेम्बरमा कोरोना भाइरस(कोभिड १९ भाइरस)बाट आफू संक्रमित भएको बताउनु भएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार मेलनले हाल पाउनुभएको पछिल्लो परीक्षण नतीजाबाट उहाँ अहिलेसम्म कोभिड-१९ भाइरसको एंटीबडी प्राप्त भइसकेको देखिन्छ। यस अगाडि अमेरिकाले सार्वजनिक गरेको सूचना अनुसार अमेरिकाको पहिलो कोभिड-१९ भाइरस संक्रमित यस बर्षको जनवरीमा पत्ता लगाएको थियो। सो समाचारले धेरैलाई आश्चर्यचकित बनाएको छ। किनभने अमेरिकी सरकारको बताएको समय भन्दा दुई महिना अगाडि नै मेलन संक्रमित हुनु भएको देखिन्छ।

हालसम्म सो समाचारले न्यू जर्सी राज्यका मिडियालाई आकर्षित गरेको र अरू केही मिडियाले मेलनको सूचनाको वैज्ञानिक प्रमाणीकरण नभएको जनाइएका छन्।

 

Facebook Comments