Wed. Jan 14th, 2026

अमेरिकी मिडियाद्वारा कोभिड-१९ भाइरस गत बर्षदेखि विश्वमा फैलिन सुरु भएको खुलासा

       

काठमाडौं, २०७७ बैशाक २४ गते बुधबार

अमेरिकी सीएनएन मिडिया ग्रुपले मे ५ तारिख बेलायतका एक अध्यापकले विश्वका ७ हजार ६ सय कोभिड-१९ भाइरस संक्रमितहरूबाट भाइरसको जीन अध्ययन गरी सो भाइरस गत बर्षको अन्त्यदेखि विश्वमा फैलिएको रहस्य पत्ता लगाएको जनाएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो CRI का अनुसार लन्डन विश्वविद्यालयको जेनेटिक्स प्रतिष्ठानका अध्यापकक फ्रान्कोइस बल्लोउक्सले एउटा अध्ययन पत्रमा सन् २०१९ को अन्त्यअघि संक्रमितहरूको भाइरसबाट आएको जीन अनुक्रम जस्तै एउटै भाइरसको मूल देखिन्छ र यसैले कोभिड-१९ भाइरस मानिसको शरीरमा प्रवेश शुरू भइसकेको बिषय खुलाउनु भएको छ।

उहाँले सीएनएन मिडियाको अन्तर्वार्तामा हालसम्म अध्ययन समूहले गरेको विश्वास अनुसार कोभिड-१९ भाइरस गत बर्षदेखि मानिसको शरीरमा प्रवेश शुरू भएको थियो।

Facebook Comments