Fri. Sep 20th, 2024

सचिवालय बैठकमा प्रधानमन्त्रीको राजीनामा मागियो, बामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई अध्यक्ष बनाउन ओलीको प्रस्ताव

- नेपाल कम्युनिष्ट पार्टी भित्र गम्भिर विवाद

काठमाडौं, २०७७ बैशाक १८ गते बिहीबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादले नयाँ मोड लिएको छ ।

बुधबारको

सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको एक नेताले जानकारी दिएका छन् ।

बैठकमा आफ्नो राजीनामाको कुरा उठेपछि उहाँले कोरोना सङ्क्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको हो । कुनै ठाउँबाट चुनाव गराएर वा संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने ओलीको प्रस्ताव छ ।

यस्तै उहाँले पार्टीमा तीन जना अध्यक्ष राख्ने र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि गर्नुभएको छ । अचानक आएको ओलीको यो प्रस्तावमा उपाध्यक्ष गौतमसहितका नेताहरु आश्चर्यमा परेका छन् । यसबारे उनीहरुले आफू निकट नेताहरुसँग छलफल गरेका छन् ।

उज्यालो अनलाईनका अनुसार ओलीको यो प्रस्तावपछि सचिवालयको अर्को बैठक २० गते बस्ने तय भएको छ । त्यो बैठकले स्थायी कमिटी बैठकको टुङ्गो लगाउने नेताहरुको भनाइ छ ।

Facebook Comments