Wed. Dec 10th, 2025

बदर अध्यादेशको मुद्दा बनाएर प्रमको राजिनामा माग्नु अप्राशंगिक

- नागरिक अगुवाको वक्तव्य

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

       

काठमाडौं, २०७७ बैशाक १८ गते बिहीबार

नेपालका दश अगुवा नागरिकका तर्फबाट आज एक अपिल जारी गरी मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास तत्काल बन्द गर्न आग्रह गर्नु भएको छ ।

बक्तव्य जारी गर्नेमा चिकित्सक अर्जुन कार्की , संविधानविद विपिन अधिकारी, पत्रकार कनकमणि दीक्षत लगातका हुनुहुन्छ । गोरखापत्र अनलाईनका अनुसार वक्तब्यमा बदर गरिसकिएका अध्यादेशलाई विवादको मुद्दा बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा उत्तिकै अप्रासंगिक विषय भएको उल्लेख छ ।

साथै वक्तव्यमा अगाडि भनिएको छ, संसद्को बजेट अधिवेशन सन्निकट रहेको बेला आगामी बजेटमार्फत नागरिक र मुलुकको हितमा कार्यक्रमहरु ल्याउनेतर्फ हुनुपर्छ । यसबेला सरकार बदल्ने सम्मको कार्यले राजनीतिक स्थिरता मात्र बिथोल्दैन, संसदमा उपस्थित राजनीतिक दलको प्राथमिकता केवल सत्ताको जोडघटाउ मात्र रहेको गलत सन्देश प्रवाहित भई हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीप्रति नै वितृष्णा बढाउँछ ।

वक्तब्यमा हस्ताक्षर कर्तामा पूर्व सचिव रामेश्वर खनाल, पूर्वाधारविद् सुर्यराज अचार्य, अधिकारकर्मी सुशील प्याकुरेल समेत रहनु भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार