Sat. Sep 21st, 2024

इलाम उपनिर्वाचनः एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्न खनालको आग्रह   

मङ्गलबारे (इलाम),२०८० चैत २४ गते शनिबार । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गर्नुभएको छ ।

दल तथा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराउने क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईलाई सहयोग गर्न अपिल समेत गर्नुभयो ।

राससका अनुसार उहाँले नेपालको राष्ट्रिय राजनीतिमा अस्थिरता बढेको भन्दै वर्तमान सत्ता गठबन्धनलाई टिकाएर अघि बढाउनुको विकल्प नभएको बताउनुभयो ।

Facebook Comments