Mon. May 13th, 2024

इलामका जनताको खुसी ल्याउन उम्मेदवारीः रास्वपा   

इलाम,२०८० चैत २४ गते शनिबार । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम तथा रोजगारमन्त्री डिपी अर्यालले इलामका जनताको मुहारमा खुसी ल्याउनका लागि आफ्नो पार्टीले यहाँ हुने उपनिर्वाचनमा उम्मेदवार दिएको बताउनुभयो । मन्त्री अर्याल उम्मेदवार मिलन लिम्बूको मनोनयनपत्र दर्ताका क्रममा आज इलाम आइपुग्नुभएको हो ।

राससका अनुसार उहाँले इलामको समृद्धि र विकासका लागि पनि युवा उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । विभिन्न पार्टीका नेताहरूले आफ्नो पार्टीलाई जिताउन आग्रहसहित घरदैलो गरेर जनतासमक्ष मत मागिरहनुभएको छ ।

Facebook Comments