Fri. Sep 20th, 2024

श्रमिकलाई लकडाउन अवधिको पूरै पारिश्रमिक दिने सहमति

काठमाडौं, २०७७ बैशाक ७ गते आईतबार

औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमिकहरुलाई लकडाउन अवधिको पारिश्रमिक दिन निजी क्षेत्र र श्रमिकहरुको छाता संगठन र सरकारबीच सहमति भएको छ ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आयोजनामा आईतबार मन्त्रालयमा भएको छलफलमा यस्तो समझदारी बनेको मन्त्रालयकी साहयक प्रवक्रा एवम् उपसचिव उर्मिला केसीले जानकारी दिनुभएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका प्रतिनिधिहरु वैठकमा सहभागी भएको मन्त्रालले जनाएको छ । यस्तै बैठकले कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर फर्केका युवालाई उत्पादनशील र उद्यमशिलतामा सहभागी गराउनेबारे अध्ययन गर्न कार्यदल पनि गठन गरेको छ । अनलाईन खवरबाट

Facebook Comments